इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
इङल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो । इङल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो । खेलको ९१औ मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए । यस अघि खेलको २५औ मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीजरल्याण्डको सामना गर्ने छ । यो खेल आगामी जुलाई ६ मा हुने छ । त्यस्तै हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ ।
#bajarkochirfar #bazarkochirfar










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया