देशभर अहिले आंशिकदेखि साधारणतया बदलीको स्थिति रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

















प्रतिकृया