इण्डियन प्रिमियर लिग (आइपिएल) मा आउदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु म्याच फिस पाउने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपिएलको एक खेलको म्याच फिस साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् ।
आइपिएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम म्याच फिस बापत पाउने भएका हुन् ।
आइपिएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् ।
शाहले खेलाडीका लागि आइपिएलमा नयाँ युग शुरु भएको बताएका छन् ।

















![२/३ गुणा बढ्नसक्ने कम्पनी कसरी छान्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/qtudNQkRB0o-maxresdefault-150x150.jpg)




प्रतिकृया