आइपिलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन १३ गते
आइपिलका हरेक खेलमा खेलाडीले साढे सात लाख म्याच फिस पाउने
AdvertisementAds

इण्डियन प्रिमियर लिग (आइपिएल) मा आउदो सिजनदेखि खेलाडीले हरेक खेलमा साढे ७ लाख भारु म्याच फिस पाउने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले अब हरेक खेलाडीले आइपिएलको एक खेलको म्याच फिस साढे ७ लाख भारु पाउने जानकारी दिएका हुन् ।

आइपिएलका सबै लिग खेल खेल्ने खेलाडीले एक सिजनमा एक करोड ५ लाख भारु फ्रेन्चाईजीसँगको सम्झौता बाहेकको रकम म्याच फिस बापत पाउने भएका हुन् ।

आइपिएलले म्याच फिसका लागि हरेक फ्रेन्चाईजीलाई एक सिजनमा १२ करोड ६० लाख भारु छुट्याएको सचिव शाहले जानकारी दिएका छन् ।

शाहले खेलाडीका लागि आइपिएलमा नयाँ युग शुरु भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स