अब सवारी साधन चलाउँदा लाइसेन्स बोक्नु नपर्ने

अब सवारी साधन चलाउँदा लाइसेन्स बोक्नु नपर्ने
Advertisement Ads

अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) भौतिक रूपमा बोक्न आवश्यक नपर्ने भएको छ। नागरिक एपमार्फत चालकको मोबाइलमा लाइसेन्स विवरण देखाएर प्रमाणित गर्न सकिनेछ।

ट्राफिक नियम उल्लंघन गरेपछि कारबाहीका लागि डिजिटल पेमेन्ट प्रक्रियाबाटै सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। साथै, लाइसेन्स ट्रायल पास गरेपछि भौतिक लाइसेन्स कार्डको आवश्यकता पनि हटाइनेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जानकारी गराउँदै ट्राफिक प्रहरीले चिट काट्दा सोही ठाउँमा डिजिटल पेमेन्ट गर्ने सुविधा प्रदान गरिएको बताएका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत नागरिक एपबाट लाइसेन्ससम्बन्धी सबै काम गर्न सकिने र नयाँ प्रणाली लागू गरिएको जानकारी दिएका छन्।

Screenshot 2024 10 19 165232 https://bajarkochirfar.com/%e0%a4%85%e0%a4%ac-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8-%e0%a4%9a%e0%a4%b2%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%a6%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%87 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स