अफ्टर सेल्स सर्भिस दिन ललितपुरको बागडोलमा सीजी मोटर्सको नयाँ ईभी सेवा केन्द्र सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
अफ्टर सेल्स सर्भिस दिन ललितपुरको बागडोलमा सीजी मोटर्सको नयाँ ईभी सेवा केन्द्र सञ्चालनमा
AdvertisementAds

सीजी मोटर्सले ललितपुरको बागडोलमा विद्युतीय सवारीसाधन (ईभी) को बिक्रीपछिको सेवा (अफ्टर सेल्स सर्भिस) दिन नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। यो सेवा केन्द्र सीजी मोटर्सले काठमाडौं उपत्यकामा सिधै सञ्चालनमा ल्याएको दोस्रो हो।

आईतबार सेवा केन्द्रको उद्घाटन सीजी ग्रुपका अध्यक्ष तथा सांसद डा. विनोद चौधरीले गरेका थिए। यस सेवा केन्द्रले सीजी मोटर्सले वितरण गर्ने आयन, एक्सपेंग, स्मार्ट, नेटा, रिड्डारा र डेयुन ब्रान्डका ईभीको बिक्री पछिको सेवा दिनेछ।

सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी चार्जिङ स्टेशन सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले ग्राहकलाई अझ राम्रो सेवा दिनका लागि “सीजी केयर्स सेवा” सुरु गरेको छ। यस सेवा अन्तर्गत २४ घण्टा सडक सहायता +९७७-९७०७०९४२०७ मा उपलब्ध छ।

बागडोलको यो नयाँ सेवा केन्द्रले ईभी प्रयोगकर्तालाई थप सहजता दिने र नेपालमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स