अनुगमन कार्यालयले एक दर्जनभन्दा बढी निर्माण कम्पनीहरूलाई राख्यो कालोसूचीमा, कुन कुन परे ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
अनुगमन कार्यालयले एक दर्जनभन्दा बढी निर्माण कम्पनीहरूलाई  राख्यो कालोसूचीमा, कुन कुन परे ?

प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जनभन्दा बढी निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। यो निर्णय अन्तर्गत दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका प्रमुख कम्पनीहरूमा कांग्रेस नेता पूर्णबहादुर तामाङको नेतृत्वमा रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामाको एन.बी. कन्सट्रक्सन, टेन्डी शेर्पाको द कञ्चनजंघा कन्सट्रक्सन, र सुबित श्रेष्ठको बिरुवा कन्सट्रक्सन रहेका छन्, जसलाई साढे दुई वर्षसम्म कालोसूचीमा राखिएको छ। यी कम्पनीहरूलाई तुम्लिङटार र बुटवलको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो।

यसैगरी, रसुवाको नौकुण्ड गाउँपालिकाको सिफारिसमा बुद्धिमान गोलेको बी.जी. निर्माण सेवा प्रालि र इलामस्थित संघीय सडक कार्यालयको सिफारिसमा पूजा कन्सट्रक्सन धनकुटा र साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन्। यी सबै कम्पनीहरूलाई ठेक्का कार्य असन्तोषजनक देखिएकाले कालोसूचीमा राखिएको हो।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Black List 2081 07 23 https://bajarkochirfar.com/%e0%a4%85%e0%a4%a8%e0%a5%81%e0%a4%97%e0%a4%ae%e0%a4%a8-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%b2%e0%a4%af%e0%a4%b2%e0%a5%87-%e0%a4%8f%e0%a4%95-%e0%a4%a6%e0%a4%b0%e0%a5%8d | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स