SHAREHUBSHAREHUB

दाङ, दार्चुला र ओखलढुंगाका पाँच मतदानस्थलमा ‘जिरो भोट’

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
AdvertisementAds
दाङ, दार्चुला र ओखलढुंगाका पाँच मतदानस्थलमा ‘जिरो भोट’
AdvertisementAds

देशभर उत्साहका साथ मतदान जारी रहे पनि दाङ, दार्चुला र ओखलढुंगाका पाँच मतदानस्थलमा भने अहिलेसम्म एक मत पनि खसेको छैन। स्थानीय बासिन्दाले माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेका छन्।

निर्वाचन आयोगका अनुसार दार्चुलाको नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय र अपि हिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा मतदान भएको छैन। स्थानीयले गाउँपालिकाको केन्द्र टाढा रहेको समस्या समाधान नभएको भन्दै मतदानमा सहभागी नभएको जनाइएको छ।

त्यस्तै दाङको बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय र वडा नम्बर–७ स्थित देउती माध्यमिक विद्यालयको मतदानस्थलमा पनि मतदान शून्य छ। यहाँका स्थानीयले वन्यजन्तुबाट उत्पन्न समस्याको समाधान नहुँदा तथा अन्य स्थानीय माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेका हुन्।

ओखलढुंगाको मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदानस्थलमा पनि कुनै मतदान भएको छैन। त्यहाँका बासिन्दाले अस्पताल स्थापनाको माग सम्बोधन नभएको भन्दै निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हुन्।

यसरी पाँच मतदानस्थलमा मतदान प्रक्रिया प्रभावित भए पनि अन्य स्थानमा भने मतदान शान्तिपूर्ण रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स