याम्बालिङ्ग हाइड्रोपावर आईपीओ बाँडफाँड सम्पन्न

याम्बालिङ्ग हाइड्रोपावर आईपीओ बाँडफाँड सम्पन्न
Advertisement Ads

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको आईपीओ आज आइतबार बाँडफाँड गरिएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कुल ७ लाख कित्ता सेयरमध्ये १ हजार ७०९ जना आवेदकलाई ६ लाख ९६ हजार ४२० कित्ता सेयर वितरण गरिएको हो। यस प्रक्रियामा १० कित्तादेखि ७७० कित्तासम्म माग गर्ने सबै आवेदकहरूले माग बमोजिमकै सेयर प्राप्त गरेका छन् भने ८०० देखि ७ हजार कित्तासम्म आवेदन दिनेहरूले सुरुमा ७८० कित्ताका दरले सेयर पाएका छन्।

७ लाख कित्तामध्ये बाँकी रहेको ३ हजार ५८० कित्ता सेयर भने ८०० देखि ७ हजार कित्तासम्म माग गर्नेहरूमध्येबाट ३५८ जनालाई गोलाप्रथा मार्फत थप १०/१० कित्ताका दरले प्रदान गरिएको छ। कम्पनीले २०८२ चैत्र ८ गतेदेखि यो सेयर निष्काशन खुला गरेको थियो।

672702519 1454901442196647 5648502788398159886 n e1776579851283 https://bajarkochirfar.com/yambaling-hydropower-ipo-allotment-completed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स