SHAREHUB SHAREHUB

फटाफट काम गर्दै बोर्ड अध्यक्ष भट्ट, नेप्से र सिडिएससीसँग मागे कार्ययोजना

Advertisement Ads
फटाफट काम गर्दै बोर्ड अध्यक्ष भट्ट, नेप्से र सिडिएससीसँग मागे कार्ययोजना
Advertisement Ads

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले पूँजी बजारमा सर्ट सेलिङ (Short Selling) सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाउन नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई ठोस कार्ययोजना तयार गर्न निर्देशन दिएका छन्।

पूँजी बजार विकास मार्गचित्र, २०८३ तथा आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति कार्यान्वयनका विषयमा नेप्से र सिडिएससीका उच्च अधिकारीसँग भएको छलफलपछि अध्यक्ष भट्टले बजार विकाससँग सम्बन्धित कार्यक्रमहरूको विस्तृत कार्ययोजना यथाशीघ्र बोर्डमा पेश गर्न निर्देशन दिएका हुन्।

छलफलका क्रममा अध्यक्ष भट्टले सर्ट सेलिङ सेवा सञ्चालनका लागि आवश्यक कानुनी सुधार, जनशक्ति तथा प्रविधिसहितको संरचनागत आवश्यकता पहिचान गरी कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गरे। उनले आवश्यक पूर्वाधार विकास र सहजीकरणका लागि बोर्ड पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

बोर्डले हालै सार्वजनिक गरेको पूँजी बजार नीति तथा कार्यान्वयन योजनामा नयाँ वित्तीय उपकरण र सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ। त्यसअन्तर्गत सर्ट सेलिङ सेवा सञ्चालनलाई पनि महत्वपूर्ण सुधारका रूपमा अघि बढाइएको बोर्डले जनाएको छ।

748527815 1514261887411609 2446089560045262326 n https://bajarkochirfar.com/working-quickly-board-chairman-bhatta-asked-for-an-action-plan-from-nepse-and-cdsc | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स