साउन १ बाट श्रमिकको तलब बढ्ने, कति पुग्ला?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
साउन १ बाट श्रमिकको तलब बढ्ने, कति पुग्ला?

सरकारले आगामी साउन १ गतेदेखि श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउने तयारी थालेको छ। यसका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आवश्यक गृहकार्य अघि बढाइसकेको जानकारी दिएको छ। अब निर्धारण गरिने नयाँ पारिश्रमिकमा महँगी दर लगायत विभिन्न पक्षलाई ध्यानमा राखिने बताइएको छ।

विभागका अनुसार पारिश्रमिक वृद्धि गर्नेसम्बन्धी छलफल सुरु भइसकेको छ। यद्यपि, अघिल्लो पटक तोकिएको न्यूनतम पारिश्रमिक धेरै संघ संस्थाहरूले अझै लागू नगरेको पाइएको छ।विभागले यसै सन्दर्भमा शुक्रबार एक सूचना जारी गर्दै सबै संस्थालाई पारिश्रमिक कार्यान्वयन गर्न निर्देशन दिएको छ। अहिले कायम रहेको न्यूनतम पारिश्रमिकअनुसार श्रमिकको मासिक तलब १७ हजार ३ सय रुपैयाँ छ, जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ समावेश छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स