कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ। कम्पनीको आईपीओ बुधबार (जेठ २७ गते) बाँडफाँड गरिने भएको छ।
कम्पनीले जेठ ८ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको थियो। उक्त आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ बाँडफाँड यसअघि नै हुने अपेक्षा गरिएको भए पनि जेठ १४ गतेदेखि १७ गतेसम्म परेको लगातार सार्वजनिक बिदाका कारण प्रक्रिया प्रभावित भएको स्रोतले जनाएको छ। त्यसपछि प्राविधिक समस्याका कारण पनि बाँडफाँड प्रक्रिया केही समय पछाडि धकेलिएको बताइएको छ।


















![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-150x150.jpg)

प्रतिकृया