पदबहाली गरेको भोलिपल्टै हितेन्द्र शाक्यविरुद्ध कर्मचारी संगठनले बिद्रोह किन गरे?

पदबहाली गरेको भोलिपल्टै हितेन्द्र शाक्यविरुद्ध कर्मचारी संगठनले बिद्रोह किन गरे?

नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) मा नयाँ कार्यकारी निर्देशक नियुक्त भएसँगै कर्मचारी संगठनहरूले असन्तुष्टि जनाएका छन्। नवनियुक्त कार्यकारी निर्देशक शाक्यले मंगलबार मात्रै पदबहाली गरेका थिए।
नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले आन्दोलनको चेतावनी दिएका छन्।

कर्मचारी संगठनहरूले मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आफूहरूसँग कुनै परामर्श नगरी उच्च तहका कर्मचारीहरूको सरुवा, बढुवा, र काज खटाउने अधिकार सञ्चालक समितिलाई दिने गरी सेवा शर्त विनियमावली २०७५ (संशोधनसहित) संशोधन गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन्।परिषद्का अध्यक्ष श्रीप्रसाद आचार्य र युनियनका वरिष्ठ उपाध्यक्ष भूमिनन्द अर्यालले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त निर्णय कर्मचारीहरूलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, “‘मिति २०८१ चैत १२ को नेविप्रा सञ्चालक समितिको बैठकले आम कर्मचारीसँग प्रत्यक्ष सरोकारबारे पर्याप्त छलफल÷बहस नगरी नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०७५ (संशोधनसहित) मा भएको व्यवस्थाहरुमध्ये तह १० र सोभन्दा माथिल्लो तहका कर्मचारीहरु सरुवा, बढुवादेखि काजमा खटाउनेसम्मका सबै अधिकार सञ्चालक समितिमा रहने गरी विनियम संशोधन गर्ने निर्णय भएको बुझिन आएकाले सो विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’संगठनहरूले प्राधिकरणमाथि हुने हस्तक्षेपको विरोध गर्दै आएको उल्लेख गर्दै निर्णय फिर्ता नलिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

NN https://bajarkochirfar.com/why-did-the-employee-organization-revolt-against-hitendra-shakya-the-day-after-he-assumed-office | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स