किन दुर्गेश थापाले लिए एसईई परीक्षाभरि कुनै पनि कार्यक्रम नगर्ने निर्णय ?

किन दुर्गेश थापाले लिए एसईई परीक्षाभरि कुनै पनि कार्यक्रम नगर्ने निर्णय ?

गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। उनका अनुसार परीक्षा दिने विद्यार्थीहरूका लागि यो समय अत्यन्तै महत्त्वपूर्ण भएकाले उनी मनोरञ्जनात्मक गतिविधिबाट टाढा रहने निर्णयमा पुगेका हुन्। थापाले आफ्नो फ्यान दर्शकलाई सम्बोधन गर्दै भनेका छन्, “शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो। यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबै जनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो ”

उनले एसईई अवधिभर विभिन्न मेला, महोत्सव, तथा अन्य कार्यक्रमहरूका लागि आफूप्रति आएका अफरहरू अस्वीकार गर्ने जनाएका छन्। परीक्षा अवधिमा हुने कार्यक्रमहरूले विद्यार्थीहरूको पढाइमा डिस्टर्ब हुन सक्ने भन्दै उनले आयोजकहरूलाई समेत आफूलाई निमन्त्रणा नगर्न अनुरोध गरेका छन्।

थापाले थपे, “एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो। केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरूकै साथमा हुनेछु। यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आईरहेको छ । तर यदि म कार्यक्रम गर्दै हिडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै परीक्षा अवधिभर सञ्चालन हुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’

0633432461 https://bajarkochirfar.com/why-did-durgesh-thapa-decide-not-to-hold-any-programs-during-the-see-exam | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स