सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्ना संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले जारी गरेको सूचना अनुसार, यस चरणमा ३,९१६ कित्ता संस्थापक सेयर बिक्रीका लागि उपलब्ध गराइएको छ।
इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको सेयरको मूल्य खुलाएर कम्पनीको काठमाडौं, टंगालस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यस अवसरमा केवल संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीले तोकेको समयभित्र कुनै आवेदन नपरेको खण्डमा, प्रचलित कानुन अनुसार बाँकी सेयर अन्य व्यक्ति वा संस्थापकलाई बिक्री गरिने जनाएको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया