कहिले हुदैछ विजय लघुवित्तको एफपिओ बाँडफाँड ?

कहिले हुदैछ विजय लघुवित्तको एफपिओ बाँडफाँड ?

विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँड अर्को साता हुने तयारीमा छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार  एफपिओ  बाँडफाँडको तयारी गरिरहेको जनाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्काशन गरेको थियो। एफपिओमा अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका थिए। सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबर २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको थियो।

एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले सेयर पाउनेछन्। त्यसमध्ये ७ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् भने करिब साढे २२ लाख जनाको हात खाली रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स