विजय लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँड अर्को साता हुने तयारीमा छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार एफपिओ बाँडफाँडको तयारी गरिरहेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४ लाख ६६ हजार ८१७ कित्ता एफपिओ निष्काशन गरेको थियो। एफपिओमा अन्तिम दिनसम्म २२ लाख ९९ हजार २५२ जनाले आवेदन दिएका थिए। सिडिएसका अनुसार २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता बराबर २ अर्ब ६६ करोड ६६ लाख ९९ हजार रुपैयाँको आवेदन परेको थियो।
एफपिओमा ४६ हजार ७८१ जनाले १०।१० कित्ताका दरले सेयर पाउनेछन्। त्यसमध्ये ७ जनाले थप १।१ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् भने करिब साढे २२ लाख जनाको हात खाली रहनेछ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया