कहिले हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २ गते
कहिले हुँदैछ माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँड ?

माबिलुङ इनर्जी लिमिटेडको आईपीओको बाँडफाँड अर्को सातामा हुने तयारी भईरहेको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका अनुसार बाँडफाँडको प्रक्रिया भईरहेको छ।

यस पटक पनि धेरै लगानीकर्ताले दुईवटा डिम्याट खाताबाट आवेदन दिएको कारण बाँडफाँड ढिलाइ हुने भएको छ। दोहोरो आवेदनका कारण धेरैको आवेदन अस्वीकृत हुने सम्भावना उच्च रहेको क्यापिटलले जनाएको छ।

माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म कुल २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँ बराबर आवेदन परेको छ। २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्।

यसमा १ लाख २४ हजार ८९० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने चार जनाले ११ कित्तासम्म सेयर पाउनेछन्। करिब २२ लाख आवेदकको हात खाली रहने सम्भावना छ।

कम्पनीले असार १ गते १०० रुपैयाँ अंकित दरमा १८ लाख ९० हजार ५३० कित्ता साधारण सेयर निष्काशनको अनुमति पाएको थियो जसमध्ये पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँड भइसकेको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स