कुमारी क्यापिटलले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ यसै साताभित्र बाँडफाँट गर्ने तयारी गरेको छ। बिक्री प्रबन्धक रहेको कुमारी क्यापिटलका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि यसै साताको अन्त्यमा र अर्को हप्ताको पहिलो दोश्रो दिनमै आइपीओ बाँडफाँट गरिनेछ। क्यापिटलले आइपीओ बाँडफाँट हुने मिति तोक्न बाकी रहेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ भर्ने १७ लाख बढीकाे हात खाली हुने भएकाे छ । पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुलेको यस आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १३.६६ गुणा बढी आवेदन परेको छ। यसरी, १९ लाख ८ हजार ४३१ आवेदकमध्ये करिब १७ लाख २३ हजार ५४३ जनाले सेयर पाउने संभावना नरहेको देखिएको छ।
प्रतिव्यक्ति न्यूनतम १० कित्ताका दरले बाँडफाँट गरिने भएकोले, १८ लाख ४५ हजार कित्ताबाट करिब १ लाख ८४ हजार ५ सय जनालाई १०-१० कित्ताका दरले आईपीओ बाँडफाँट गरिनेछ। यसले गर्दा आवेदन दिएका करिब ९० प्रतिशत व्यक्तिलाई आईपीओ पर्ने छैन्। जस अनुसार, आवेदन दिएका मध्ये करिब ९.६६ प्रतिशत अर्थात् १० जनामा १ जनाले मात्र आईपीओ पाउने छन्।










![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)







![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया