देशमा केही हुँदैन भन्दै विदेश पठाइएका युवालाई फर्काउनु पर्छ: गभर्नर पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २१ गते
देशमा केही हुँदैन भन्दै विदेश पठाइएका युवालाई फर्काउनु पर्छ: गभर्नर पौडेल
AdvertisementAds

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले देशभित्र मनोबल कमजोर भए पनि सही नीतिले अर्थतन्त्रलाई उठाउन सकिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा उनले देशमा केही हुँदैन भन्ने धारणा फैलिँदा विदेश पलायन बढिरहेको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताएका छन्।

गभर्नरले पछिल्ला वर्षहरूमा नेपालमा केही हुँदैन भन्ने सोचले अभिभावकहरूले छोराछोरीलाई विदेश पठाएको बताए। उनका अनुसार अब विदेश पुगेकालाई फर्काएर देशकै विकासतर्फ लगाउनुपर्नेछ। फर्केका युवालाई राजनीतिभन्दा उत्पादनमूलक काममा लाग्ने वातावरण दिनुपर्ने उनले बताए ।‘एक दशकभन्दा बढी यो देशमा केही हुँदैन भनेर छोराछोरी सबैलाई विदेश पठाइयो । उनीहरू सबैलाई फर्काएर ल्याउनु पर्छ । तर, उनीहरूलाई ल्याएर मन्त्री बनाउने र राजनीतिक रेसमा लैजान हुँदैन ।’ उनले भने

कुनै पनि कुरा रातारात गर्छु भन्ने कुनै फर्मुला नहुने भएकाले बिस्तारै गर्दै जानुपर्ने गभर्नर पौडेलको भनाई छ । ‘फेलियर’ हुनु भनेको पार्ट आफ बिजनेस नभएकाले नराम्रो होइन, राम्रो स्टोरीहरूको प्राथमिकता दिनुपर्ने उनले बताए । उनले भने, ‘म मीनबहादुर जीलाई हेर्छु । उहाँले दुई महिनामा गरेर देखाउँछु भन्नु भएको थियो । त्यस अनुसार उहाँले गरेर देखाउनु समेत भयो ।’

यस्तै, उनले निर्यातमा राम्रो सम्भावना भएको क्षेत्रलाई अझै मजबुत बनाउनुपर्ने बताए। मनोबल कमजोर भए पनि अलैँचीजस्ता उत्पादनले निर्यातमा राम्रो प्रदर्शन गरिरहेकाले यस्ता सम्भावना भएका क्षेत्रलाई बढावा दिनुपर्ने उनको सुझाव थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स