नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पाइपलाइनमा रहेका आईपीओहरूको निष्कासन प्रक्रिया छिट्टै अघि बढ्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँग बुधबार भएको भेटमा अध्यक्ष श्रेष्ठले रोकिएका कम्पनीहरूको आईपीओ निष्कासनका लागि एक दुई दिनभित्रै स्वीकृति दिने तयारी भएको जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार बोर्डले कागजात अद्यावधिक गर्नुपर्ने र अडिट रिपोर्ट प्राप्त गर्नुपर्ने प्रक्रियामा समय लागेका कारण आईपीओ निष्कासनमा ढिलाइ भएको हो।
अध्यक्ष श्रेष्ठले अहिले आईपीओ निष्कासनको प्रक्रिया अन्तिम चरणमा पुगेको र स्वीकृति दिने काम छिट्टै सुरु हुने बताए। उनले एकैपटक धेरै आईपीओ जारी हुँदा बजारमा पर्न सक्ने असरबारे बोर्ड सचेत रहेको र त्यसलाई व्यवस्थित गर्न आवश्यक तयारी गरिरहेको बताए।






![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया