सोमबार दिउँसो डिजिटल वालेट ‘ई-सेवा’मा प्राविधिक समस्या देखिएको थियो। धेरै प्रयोगकर्ताहरूले ई-सेवाको एप वा वेबसाइट खोल्दा लगइन नहुने वा लगइन भएपछि पनि कारोबार गर्न नसकिने समस्या अनुभव गरेका थिए।
सामाजिक सञ्जालमा यस समस्यालाई लिएर “ई-सेवा ह्याक भयो कि?” भन्ने आशंका फैलिएको थियो। तर यो समस्या ह्याक नभई सिस्टम स्तरोन्नतिको क्रममा देखिएको सामान्य प्राविधिक समस्या मात्र भएको खुलेको छ।
हामीले यसबारे थप जानकारी लिन ई-सेवाका उच्च तहका प्राविधिकसँग कुरा गरेका थियौं। उनका अनुसार, सोमबार ई-सेवाले आफ्नो प्रमाणीकरण (authentication) र लगइन मोड्युल को डाटाबेस सिस्टम पुरानो MySQL बाट नयाँ प्रविधि Apache Cassandra Database मा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाएको थियो। यही अपग्रेडकै क्रममा केही समय सिस्टममा उच्च ‘resource utilization’ देखिएको र त्यसकै कारण केही प्रयोगकर्तालाई लगइन समस्या आएको थियो। तर यो बीच ह्याकिङको कुनै पनि गतिविधि नभएको ती प्राविधिकले बताए।
Cassandra Database के हो?
Apache Cassandra एक उच्चस्तरीय र नविनतम प्रविधिको डाटाबेस सिस्टम हो, जुन विशेषगरी धेरै प्रयोगकर्ता भएका संस्थाहरूका लागि डिजाइन गरिएको हो। सामान्यतया पुराना डाटाबेसहरू साना वा मध्यम स्तरका सिस्टमका लागि उपयुक्त मानिन्छ। तर जब कुनै प्लेटफर्ममा धेरै प्रयोगकर्ता हुन्छन् र प्रत्येक सेकेन्डमा हजारौँ कारोबारहरू (transactions) हुने गर्छ, त्यस्तो अवस्थामा कम्पनीहरु Cassandra जस्ता शक्तिशाली र भरपर्दो सिस्टममा कम्पनीहरु शिफ्ट हुने गर्छन।
Cassandra को मूल विशेषता भनेकै यसको विश्वसनीयता र scalability हो। यो सिस्टम “distributed database” हो, जसमा डाटाहरु विभिन्न सर्भरहरूमा राखिन्छ। यदि कुनै एक सर्भरमा समस्या आएमा बाँकी सर्भरहरूले तुरुन्तै काम सम्हाल्ने हुँदा सेवा अवरुद्ध हुँदैन। यस्तै क्षमताका कारण Cassandra सिस्टम Apple Pay र NPCI जस्ता प्रतिष्ठित भुक्तानी कम्पनीहरूले प्रयोग गर्दै आएका छन्।
प्रयोगकर्ताको डेटा सुरक्षालाई उच्च प्राथमिकता दिँदै र सेवा गुणस्तर सुधार गर्न ई-सेवाले पछिल्ला केही महिनादेखि आफ्नो सिस्टमलाई अझ सुरक्षित, स्थायी र प्रयोगकर्तामैत्री बनाउन व्यापक सुधार कार्य गरिरहेको ती प्राविधिकले बताए। यही सुधार प्रक्रियामा कहिले काही प्राविधिक समस्या देखा पर्ने गरेको ऊनले बताए।


![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD.jpg)

![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg)


![बजेट, क्यापिटल गेन ट्याक्स र सेयर बजार [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-3-768x432.jpg)







प्रतिकृया