डलर अर्बपति लगानीकर्ता र’ बर्कशायर हातवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन बफेटले आज ३१ डिसेम्बर २०२५ बाट आफ्नो सीईओ पदबाट अवकाश लिने भएका छन्। सन् २०२६ जनवरी १ देखि कम्पनीका उपाध्यक्ष ग्रेग एबेलले बर्कशायरको कार्यभार सम्हाल्नेछन्। यसअघि नै वारेन बफेटले बर्कशायर ह्याथवे कम्पनीको मुख्य कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
९५ वर्षीय बफेटले सीईओ पद छोडेपनि बोर्डका अध्यक्षको रूपमा कार्यरत रहिरहने र नियमित कार्यालय आउने र बेललाई सल्लाह दिने बताएका छन्। बफेटका अनुसार, दैनिक सञ्चालनबाट बिदा हुनु भनेको ६ दशक लामो लगानी युगको अन्त्य हुने बताए।
बर्कशायर हातवेले एउटा सानो टेक्सटाइल कम्पनीबाट सुरू गर्दै अमेरिकी बजारको नवौं ठूलो कम्पनी बन्न सफल भएको छ। यो कम्पनी दोस्रो ठूलो प्रोपर्टी तथा दायित्व बीमा कम्पनी पनि हो। कम्पनीको स्वामित्वमा करिब ७०० अर्ब डलर बराबरको सेयर, बन्ड र नगद रहेको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)






![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया