अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर्स पास’ नपाइने

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिटर्स पास’ नपाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण गर्दै आएको ‘भिजिटर्स पास’ वितरण आज साउन २७ गतेदेखि बन्द गरेको घोषणा गरेको छ। उक्त निर्णय विमानस्थल सुविधादेय समितिको निर्णयअनुसार लागू गरिएको हो।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि अबदेखि ‘भिजिटर्स पास’ वितरण हुने छैन र यसबारे सरोकारवाला सबैलाई जानकारी गराइन्छ। त्यस्तै, विमानस्थलबाट आवागमन गर्दा व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिकरूपमा फरक क्षमता भएका यात्रु, गर्भवती तथा नाबालक यात्रुहरूको सहजता सुनिश्चित गर्न सहायता कक्षको व्यवस्था गरिएको छ। साथै, ह्विलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुहरूको लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजीकरण भइरहेको कार्यालयले जनाएको छ।

Screenshot 12 8 2025 143649 www.drishtinews.com https://bajarkochirfar.com/visitors-passes-will-no-longer-be-available-at-tribhuvan-airport | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स