विजय लघुवित्तको एफपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

विजय लघुवित्तको एफपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न सकिने ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गरेको हो।

कम्पनीले एफपीओ प्रति कित्ता १०० रुपैयाँको दरमा निष्काशन गरेको छ। यसमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले पुस २४ गतेसम्म एफपीओमा आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मङ्सिर १४ गते एफपीओ निष्काशनको अनुमति दिएको थियो। एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

एफपीओ बिहान १० बजेपछि भर्न सकिनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स