अमेरिकाले डिभी लट्री बन्द गर्ने तयारी, नयाँ विधेयक प्रस्तुत



Advertisement
Ads

रिपब्लिकन सांसदहरूले डाइभर्सिटी इमिग्रेन्ट भिसा (डिभी) लट्री कार्यक्रम समाप्त गर्ने प्रयास गरिरहेका छन्। फक्स न्यूज का अनुसार उनीहरूले “अनुहारविहीन कम्प्युटर कोड” मार्फत भिसा वितरण रोक्न र “राष्ट्रिय सुरक्षामा पर्ने जोखिम” हटाउन खोजिरहेका छन्।

अमेरिकी विदेश विभागद्वारा सञ्चालित डिभी कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष चिट्ठा प्रणालीमार्फत ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड प्रदान गरिन्छ। तर, योग्यतामा आधारित छनोटभन्दा चिट्ठाको भरमा भिसा दिने प्रणालीमाथि लामो समयदेखि बहस हुँदै आएको छ।


Advertisement

रिपब्लिकन सांसद माइक कोलिन्सले “अमेरिकाको सुरक्षा र निष्पक्षता वृद्धि ऐन २०२५” नामक विधेयक प्रस्तुत गरेका छन्। उक्त विधेयकले डिभी लट्री कार्यक्रम समाप्त गर्ने र विजेताहरूले आफ्ना परिवारका सदस्यहरूलाई प्राथमिकतासहित ग्रीन कार्ड प्रायोजन गर्न पाउने व्यवस्था हटाउने प्रस्ताव राखेको छ।

कोलिन्सले एक विज्ञप्तिमा भने, “डाइभर्सिटी भिसा कार्यक्रम अनावश्यक सरकारी अभ्यास हो। यसले अमेरिका चेन माइग्रेसन प्रणालीतर्फ धकेल्छ। भिसा लट्री हटाउनु सामान्य कदम हो, जसले हाम्रो बिग्रिएको अध्यागमन प्रणाली सुधार गर्नेछ।”

हाल, डिभी कार्यक्रममा सहभागी हुनका लागि कम आप्रवासन दर भएका देशहरूबाट आएको हुनुपर्ने र कम्तीमा उच्च माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने प्रावधान छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर