अमेरिकाले निकाल्यो ४० नेपालीलाई, आजै नेपाल फर्किंदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
अमेरिकाले निकाल्यो ४० नेपालीलाई, आजै नेपाल फर्किंदै
AdvertisementAds

अमेरिकाबाट डिपोर्ट भएका करिब ४० जना नेपाली आज (जेठ २५ गते) अपराह्न सवा ४ बजे काठमाडौं आइपुग्नेछन्। उनीहरूलाई अमेरिकी सरकारले चार्टर्ड विमानमार्फत नेपाल पठाउँदैछ।

सुरुमा ४८ जनालाई डिपोर्ट गर्ने योजना थियो, तर केही रोकिएकाले संख्या घट्न सक्ने अनुमान छ। अध्यागमन कार्यालयका अनुसार उनीहरू अमेरिका बसाइको कानुनी नियम उल्लंघन गरेकाले डिपोर्ट गरिएको हो, तर ठ्याक्कै कारण भने खुलाइएको छैन।

ट्रम्प फेरि राष्ट्रपति बनेपछि अमेरिका सरकारले कडाइ गरिरहेको छ र यस वर्ष मात्रै जनवरीदेखि मेसम्म १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। उनीहरूलाई अध्यागमनले सामान्य सोधपुछ गरेर घर पठाउने गर्छ र दलालविरुद्ध उजुरी परेमा मात्रै कारबाही प्रक्रिया अगाडि बढ्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स