युनाइटेड इदी मर्दीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको छ । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कॉम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै , कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णंय गरेको छ। सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया