यूनाइटेड अजोड इन्स्योरेन्सको खर्च बढ्यो आम्दानी घट्यो, अन्य सूचक कस्तो?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
यूनाइटेड अजोड इन्स्योरेन्सको खर्च बढ्यो आम्दानी घट्यो, अन्य सूचक कस्तो?

यूनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ५७.६५ प्रतिशतले घटेर ११ करोड ६१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।आम्दानी घट्नु र खर्च बढ्दा कम्पनीको नाफा घटेको हो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन ७८ करोड ४४ लाख रुपैयाँबाट घटेर ७२ करोड ४ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी १३.४१ प्रतिशतले घटेर १ अर्ब १० करोड रुपैयाँमा आएको छ भने कुल खर्च ८६ करोड ७७ लाख रुपैयाँबाट बढेर ९४ करोड २१ लाख रुपैयाँमा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ६.०४ प्रतिशतले बढेर २ अर्ब ४२ करोड ७५ लाख रुपैयाँमा पुगेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ४ करोड ३६ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड ५८ लाख रुपैयाँ र स्पेसल रीजर्भमा ९९ करोड रूपैयाँ सञ्चिति रहेको छ। सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.४१ रुपैयाँबाट घटेर ७.३७ रुपैयाँमा आएको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.५९ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स