तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लाका लागि गर्दै आएको नियमित हवाई सेवा बन्द गरेको छ। यात्रु संख्या कम हुनुका साथै हरेक उडानमा घाटा भएपछि सेवा निरन्तर सञ्चालन गर्न नसकिएको एयरलाइन्सले जनाएको छ।गत वर्ष कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा केही महिनामै बन्द भएको हो।
हिमाली टुर एण्ड ट्राभल्समार्फत तारा एयरले तीन जिल्लाका लागि उडान भर्दै आएको थियो। तर, कर्णाली प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको र निरन्तर नोक्सानी सहनु परेपछि सेवा बन्द गर्नु परेको ट्राभल्सका मिनबहादुर रावलले जानकारी दिए। प्रारम्भिक सहमतिअनुसार सातामा दुई पटक नियमित उडान भर्ने योजना थियो, तर आर्थिक भार थेग्न नसक्दा उडान बन्द गरिएको हो। तारा एयरको उडान बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा यात्रा गर्नेहरू पुनः नेपालगञ्ज विमानस्थलमा निर्भर हुनुपर्ने अवस्था आएको छ।














![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)




प्रतिकृया