instainsta

एमालेले बुझायो १६ समानुपातिक सांसदको सूची, को-को परे? (नामसहित)

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १ गते
एमालेले बुझायो १६ समानुपातिक सांसदको सूची, को-को परे? (नामसहित)
AdvertisementAds

नेकपा एमालेले समानुपातिकतर्फ छानिएका १६ जना सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ।

एमालेले ती सांसदहरूको सूची आइतबार निर्वाचन आयोगमा पेश गरेको छ।

सूची अनुसार, जनजाति क्लस्टबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, र कुलभक्त शाक्य सांसद बनेका छन्।

महिलातर्फ सचिव पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल सिफारिस भएका छन्। पुरूषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी सांसद भएका छन्।

मधेसी महिलातर्फ रिङ्ला यादव र यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल, र मुस्लिमतर्फ साजिदा सिद्धिकी सिफारिस भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स