दुई निर्माण कम्पनी परे कालोसुचीमा, अब कति वर्षसम्म काम गर्न नपाउने ?

दुई निर्माण कम्पनी परे कालोसुचीमा, अब कति वर्षसम्म काम गर्न नपाउने ?

सरकारले दुई निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ।

कालोसूचीमा परेका कम्पनीहरूमा श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र सूर्यविनायक कन्ट्रक्सन, दाङ छन्। श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवाका मुख्य व्यक्ति दिग्विजय जंग राणा हुन् भने सूर्यविनायक कन्ट्रक्सनका गोपाल प्रसाद घिमिरे प्रमुख व्यक्तिका रूपमा उल्लेख छन्।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम, यी कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो। अब यी कम्पनीहरूले कालोसूचीको अवधि भर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

notice of black list https://bajarkochirfar.com/two-construction-companies-have-been-blacklisted-for-how-many-years-will-they-be-banned-from-operating | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स