दुई कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, मागे धितोपत्र बोर्डसँग अनुमति

दुई कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, मागे धितोपत्र बोर्डसँग अनुमति

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।  दुवै कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा, अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरेका हुन्।

अनुमति पाएमा साहस ऊर्जाले ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ, जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ५७ लाख ३८ हजार कित्ता सेयर वितरण गर्नेछ। साहस ऊर्जाको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

त्यस्तै, अनुमति पाएपछि एनआरएन इन्फ्रास्ट्रक्चरले १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने योजना बनाएको छ, जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल १ करोड ७९ लाख ८१ हजार २११.९९ कित्ता सेयर वितरण गर्नेछ। एनआरएन इन्फ्रास्ट्रक्चरको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

624589399 891148427215371 4953285247419829048 n https://bajarkochirfar.com/two-companies-to-issue-100-percent-rights-shares-seek-permission-from-securities-and-exchange-board-of-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स