आइपीओ निष्काशनका लागि दुई कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति, कुनले कति सेयर जारी गर्ने ?



Advertisement
Ads

आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्काशनको लागि अनुमति मागेका छन्।

आरती पावर


Advertisement

आरती पावर कम्पनी लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता साधारण  सेयर जारी गर्ने प्रस्ताव गरेको छ। यसबाट कम्पनीले कुल ३६ करोड रुपैयाँ जुटाउनेछ। आरती पावरको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

मेवा डेभलपर्स

मेवा डेभलपर्स लिमिटेडले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड १२ लाख कित्ता सेयर जारी गर्ने अनुमति मागेको छ। यसबाट कम्पनीले कुल १ अर्ब १२ करोड रुपैयाँ संकलन गर्नेछ। मेवा डेभलपर्सको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीको आइपीओ निष्काशन प्रक्रिया अघि बढ्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर