न्याय सेवा आयोगको बुधवार बसेको बैठकले १७ जना सहसचिव र १३ जना उपसचिवसहित ३० जनाको सरुवा गर्ने निर्णय गरेको छ।
निर्णयअनुसार सहसचिव जितेन्द्रबाबु थपलियाको सरुवा न्याय परिषद् सचिवालयमा गरिएको छ। उनी विशेष अदालतमा रजिष्ट्रार पदको दरबन्दीमा रहे पनि न्याय परिषद् सचिवालयमा काजमा कार्यरत थिए।
यस्तै, श्रीलाल पौडेललाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। उनी दरबन्दीमा उच्च अदालत पाटनका भए पनि हालसम्म सर्वोच्च अदालतमै काजमा कार्यरत थिए।
त्यस्तै, वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिष्ट्रार पदमै सरुवा गरिएको छ। उनी यसअघि पनि सोही पदमा काजमा कार्यरत थिए।





















प्रतिकृया