ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गरेर बाँडफाँड गरिसकेपछि कम्पनीले अब सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ करोड ९६ लाख ५० हजार ५ सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ भर्ने अन्तिम दिन जेठ १९ गतेसम्म रहेको छ । सो अवधिसम्ममा यदि सो अवधिमा सबै कित्ताका लागि आवेदन नपरेमा आवेदन म्याद जेठ २८ गतेसम्म लम्ब्याइनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गर्न सकिनेछ। कम्पनीले आईपीओ निष्काशनका लागि इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।



















प्रतिकृया