ट्रेड टावरले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ४८.६९६ प्रतिशत आइपीओ निष्काशनका लागि चैत २५ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ४८.६९६ प्रतिशतले हुन आउने ३९ करोड ७१ लाख रुपैयाँ बराबरको कूल ३९ लाख ७१ हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्काशन गर्नेछ ।
आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि ४८.६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार कित्ता जारी गर्नेछ भने बाँकी ५१.३० प्रतिशत संस्थापक समूहको हुनेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया