टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आगामी असार २८ गते पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान साढे ८ बजे पोखरामा हुनेछ।
कम्पनीको सूचना अनुसार, सभामा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी प्रस्ताव मुख्य एजेन्डाका रूपमा पेस गरिनेछ। जारी पूँजीको २०.५३ प्रतिशत बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव पारित गरिनेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान विवरण पारित गर्ने, लाभांश सम्बन्धी निर्णय लिने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्तावहरू पनि सभाको कार्यसूचीमा रहेका छन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया