ट्रेड टावरको आईपीओ भर्ने भोलि अन्तिम दिन



Advertisement
Ads

ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि निष्काशन गरिरहेको पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने अन्तिम म्याद भोलि (वैशाख २२ गते) बैंकिङ समयसम्म रहेको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३९ लाख ७१ हजार ६९३ कित्ता से यर निष्काशन गर्न लागेको हो। यसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ, जसका लागि नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरिसकेका हुनुपर्छ।


Advertisement

आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म सेयरका लागि आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा ‘मध्यम जोखिम’ रहेको जनाउँछ।

पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई थप सेयर जारी गर्ने तयारी गरेको छ। यस आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर