ट्रेड टावरको आईपीओ भर्ने आज अन्तिम दिन



Advertisement
Ads

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ल्याएको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज, जेठ २० गते, अन्तिम दिन हो। कम्पनीले यसअघि जेठ १९ गतेसम्म आईपीओ खुला गर्ने योजना बनाएको थियो। तर, भोटो जात्राको अवसरमा जेठ १८ गते उपत्यकाभित्र सार्वजनिक बिदा परेको कारण निष्काशन अवधि एक दिन थप गरिएको हो।

कम्पनीले आफ्नो ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको जारी पूँजीमध्ये ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो, जसको मूल्य ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबर हुन्छ।


Advertisement

यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र आफ्ना कर्मचारीका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत सि-आस्बा अनलाइन आवेदन दिन सक्नेछन्। इक्रा नेपालले आईपीओको रेटिङमा कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर