ट्रेड टावर लिमिटेडले बैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज, बैशाख २२ गते, अन्तिम दिन हो।
कम्पनीले कुल जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत बराबरको सेयर, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो। यसको आधारमा कम्पनीले पहिलो चरणमा श्रम स्वीकृती प्राप्त वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर (जम्मा ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको) निष्काशन गरेको हो।
न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिने यो आईपीओमा सहभागी हुन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा ‘मेरो शेयर’ अनलाइनमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। यस आईपीओका लागि इक्रा नेपालले ट्रेड टावर लिमिटेडलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया