श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १५ गते
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ भर्ने आज अन्तिम दिन

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भदौ ११ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (भदौ १५ गते) परेको छ।

कम्पनीले १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजीको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्न पाएको हो। यसमध्ये १० प्रतिशत अर्थात ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर विदेशमा श्रम स्वीकृति प्राप्त गरी रोजगारीमा रहेका नेपाली श्रमिकका लागि छुट्याइएको छ।

सो आईपीओमा न्यूनतम १० कित्ताबाट अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। निष्काशनको लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ प्रदान गरेको छ।

यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स