एपोलो हाइड्रोपावरको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले फागुन ११ गतेदेखि स्थानीय बासिन्दाका लागि सेयर बिक्री खुला गरेको थियो र चैत १० गतेसम्म आवेदन दिने व्यवस्था भए पनि मागभन्दा बढी आवेदन परेकाले आजबाट आवेदन बन्द गर्न लागिएको छ।
कम्पनीले ४ लाख ७० हजार कित्ता सेयर आयोजनाबाट उच्च प्रभावित क्षेत्र (ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं ७ र ८) का बासिन्दा, १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिका वडा नं २ र रामेछाप जिल्ला, उमाकुण्ड गाउँपालिका वडा नं ३) का बासिन्दा, र ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र (रामेछाप जिल्ला, उमाकुण्ड गाउँपालिका वडा नं २ र गोकुलगंगा गाउँपालिका वडा नं १) का बासिन्दामा बाँडफाँड गरिनेछ।
स्थानीय बासिन्दाले न्यूनतम १० र अधिकतम ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन एपोलो हाइड्रोपावर आयोजना कार्यालय (ओखलढुङ्गा), लक्ष्मी सनराइज बैंक (किन्जा, सोलुखुम्बु; शिवालय र प्रीति, रामेछाप), नेपाल इन्भेस्टमेन्ट बैंक (खिजिदेम्बा, ओखलढुङ्गा), र सिटिजन्स बैंक (लिखुपिके, सोलुखुम्बु) शाखाबाट दिन सकिन्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया