शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन २६ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।
आईपीओ कम्तिमा ४ कार्य दिन खुला राख्नुपर्ने व्यवस्था छ । तर फागुन २० गतेदेखि २२ गतेसम्म चुनावको सार्वजनिक विदा परेको र फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमिक दिवसको सार्वजनिक विदा परेको थियो । सोहि कारण यो आईपीओमा आवेदन दिने म्याद थप गरेर आज फागुन २६ गतेसम्म कायम गरिएको हो।
कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता (कर्मचारीलाई छुट्याईएको ४४ हजार ४ सय कित्ता बाहेक) सेयर निष्काशन गरेको छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले पुस १६ गते गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया