सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १ गते
सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन, कति कित्तासम्म दिन पाइन्छ आवेदन ?

सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि निष्काशन गरेको पहिलो चरणको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन हो। नेपाल धितोपत्र बोर्डले साउन १२ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति दिएको थियो।

जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४५ हजार २०० कित्ता सेयर छुट्याइएको छ। यसमा कम्तीमा १० कित्ता र बढीमा ७ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। त्यसअनुसार न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम ७ लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ। आज बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द हुनेछ।

कम्पनीको आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिंग दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर एप प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स