माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३१ गते
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत वैशाख १७ गतेदेखि स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको कम्पनीले, त्यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको हो।

यस आईपीओका लागि स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकको सल्लेरी (सोलुखुम्बु) शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, आस्बा सेवामा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स