नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (चैत ६) रहेको छ। कम्पनीले भोलि (चैत ७) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहने सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न तथा आगामी साधारणसभामा सहभागी हुन सक्नेछन्।
कम्पनीको २३औं वार्षिक साधारणसभा चैत १९ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्नेछ। सभामा हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
त्यस्तै, चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ, जसमा पुनरवलोकनको सम्भावना रहनेछ। बोनस सेयर जारीपश्चात् कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरूको स्वीकृति दिने विषय पनि सभामा समावेश गरिएको छ।









![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया