झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशित गरेको आईपीओमा आवेदन दिन आज (साउन २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले साउन १४ गतेदेखि शिवसताक्षी नगरपालिका वडा नं. ४ का स्थानीयहरूलाई आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले आयोजनामा प्रभावित शिवसताक्षी नगरपालिका वडा नं. ४ का स्थानीयहरूलाई ३ लाख ८० हजार १९० कित्ता सेयर निष्काशन गरेको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटलले सम्हालेको छ।
यसअघि, कम्पनीले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ५७ हजार २९ कित्ता सेयर निष्काशन गरिसकेको छ। यी दुवै बाँडफाँडपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने योजना बनाएको छ।
नेपाल धितोपत्र बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। झापा इनर्जी लिमिटेडले ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता सेयर निष्काशन गर्नेछ।



















प्रतिकृया