दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

दुई कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन
AdvertisementAds

सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेष्ट इन लिमिटेडका आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ।

सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको छ। कम्पनीले यसअघि माघ २१ गतेसम्म आवेदन खुला राख्ने व्यवस्था गरेको थियो, तर माग बढी भएपछि समयअघि आवेदन प्रक्रिया बन्द गर्ने निर्णय गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको २० करोड रुपैयाँबराबरको २० लाख कित्ता साधारण सेयर जारी गर्नेछ। सर्वसाधारणका लागि छुट्याइएको १५ लाख ५० हजार कित्तामध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि र बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

स्थानिय बासिन्दाले न्यूनतम १० र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने शाखाहरुमा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक (बेसीशहर) र हिमालयन बैंक (भुलभुले) पर्दछन्। ग्लोबल आइएमई क्यापिटल कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। पहिलो चरण सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ।

त्यसैगरी, होटल फरेष्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ खुला गरेको थियो। नेपाल धितोपत्र बोर्डले गत पुस २० गते ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको थियो।

AdvertisementAds

जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। न्यूनतम १० र अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण बैंक र वित्तीय संस्थाको तोकिएका शाखा तथा “मेरो सेयर” अनलाइनमार्फत गर्न सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स