भुजुङ हाइड्रोपावर र रिज लाइन इनर्जी लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिने आज, पुस १७ गते अन्तिम दिन हो।
भुजुङ हाइड्रोपावरले पुस ३ गतेबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणको आईपीओ खुला गरेको थियो। आयोजनाको लागि जारी २० करोड रुपैयाँबराबरको सेयरमध्ये १० करोड आयोजना प्रभावित स्थानीयका लागि र १० करोड सर्वसाधारणका लागि छुट्याइएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६ लाख र अन्य अप्रत्यक्ष प्रभावित क्षेत्रका लागि ४ लाख कित्ता छुट्याइएको छ। आवेदन क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंस्थित रजिस्टर्ड कार्यालयबाट दिन सकिन्छ। आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिज लाइन इनर्जी लिमिटेडले १ लाख ४२ हजार २ सय कित्ता सेयर निष्काशन गरेको छ। यसमा पनि आवेदन दिन आज अन्तिम दिन हो। न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता आवेदन दिन सकिने व्यवस्था छ। यस आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावर र रिज लाइन इनर्जीको आईपीओ निष्काशनको अनुमति क्रमशः पुस १३ र मङ्सिर २२ गते दिएको थियो।
















प्रतिकृया