नेको इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन, प्रतिकित्ता १०० रुपैयाँमै पाइने
नेको इन्स्योरेन्सले वैशाख १२ गतेदेखि बिक्रीमा ल्याएको २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद सेयरका लागि आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो। आवेदन बैंकिङ समयसम्म मात्र दिन सकिनेछ।
कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। उक्त निष्काशनपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर बाँकी रहेपछि ती अवितरित सेयर पुनः बिक्रीका लागि खुला गरिएको हो।
प्रतिकित्ता मूल्य १ सय रुपैयाँ तोकिएको यस हकप्रद सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्ता माग गर्न सकिनेछ। इच्छुक सबैले आवेदन दिन सक्ने छन्।
यस सेयर बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको हो।