नेको इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन, प्रतिकित्ता १०० रुपैयाँमै पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २१ गते
नेको इन्स्योरेन्सको सेयर किन्ने आज अन्तिम दिन, प्रतिकित्ता १०० रुपैयाँमै पाइने

नेको इन्स्योरेन्सले वैशाख १२ गतेदेखि बिक्रीमा ल्याएको २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद सेयरका लागि आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो। आवेदन बैंकिङ समयसम्म मात्र दिन सकिनेछ।

कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। उक्त निष्काशनपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर बाँकी रहेपछि ती अवितरित सेयर पुनः बिक्रीका लागि खुला गरिएको हो।

प्रतिकित्ता मूल्य १ सय रुपैयाँ तोकिएको यस हकप्रद सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्ता माग गर्न सकिनेछ। इच्छुक सबैले आवेदन दिन सक्ने छन्।

यस सेयर बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गरेको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स