SHAREHUBSHAREHUB

सर्वसाधारणले जीवन विकास लघुवित्तको सेयर किन्न पाउने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
AdvertisementAds
सर्वसाधारणले जीवन विकास लघुवित्तको सेयर किन्न पाउने आज अन्तिम दिन, कहाँबाट दिने आवेदन ?
AdvertisementAds

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक २५ गतेदेखि कुल ४९ हजार ५० कित्ता लिलामी (बढाबढ) प्रक्रियामार्फत बिक्रीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ। सेयर खरिदका लागि बोलपत्र आज दिउँसो २:३० बजेभित्र बुझाउनुपर्नेछ।

कम्पनीले यी सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकेको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा २५० कित्ता र बढीमा १०० का गुणकमा जुनसुकै संख्याका वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन्। यो लिलामीमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारण व्यक्ति, कम्पनी, संघ–संस्था सबैले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। बोलपत्र फाराम एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार काठमाडौं वा कम्पनीको केन्द्रीय कार्यालय कटहरी, मोरङमा उपलब्ध हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स